विश्वविद्यालयहरूले १० वर्षदेखि लेखापरीक्षण गरेका छैनन् : महालेखापरीक्षक राया
सारांश
- महालेखा परीक्षक तोयम रायाले विश्वविद्यालयहरूले ८/१० वर्षदेखि लेखा परीक्षण नगरेको बताए।
- उनले आगामी दिनमा विश्वविद्यालयसहित सबै इकाइहरुको अडिटलाई प्राथमिकतामा राख्ने बताए, र बेरुजु घटाउन कार्ययोजना बनाउनुपर्नेमा जोड दिए।
- रायाले मन्त्रालयका सचिवहरूले बेरुजु फर्छ्यौटमा गम्भीरतापूर्वक लाग्नुपर्ने र वार्षिक प्रतिवेदनमा छलफल हुनुपर्ने बताए।
काठमाडौँ । महालेखा परीक्षक तोयम रायाले विश्वविद्यालयहरूले ८/१० वर्षदेखि लेखा परीक्षण नगरेको बताएका छन् । शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षक रायाले आगामी दिनमा विश्व विद्यालयसहित सबै इकाइहरुको अडिटलाई प्राथमिकतामा राख्ने बताएका हुन् ।
उनकाअनुसार लामो समयदेखि रहेको त्यस्तो अवस्थालाई हटाउँदै दुई, चारवटा बाहेक अहिले प्रायःको लेखा परीक्षण गरिएको बताए । सङ्घीय निकायहरूको बेरुजु बढ्नेक्रम जारी छ । यसलाई घटाउन प्रभावकारी कार्ययोजना बनाएर लाग्नुपर्ने आवश्यकता छ । रायाले १० वटा मन्त्रालयको ९१ प्रतिशत बेरुजु देखिनु राम्रो नभएको बताउँदै बेरुजुलाई शुन्यमा झर्ने गरी कामकारबाही अघि बढाउनुपर्नेमा जोड दिए ।
रायाले भने– ‘केही समय अघिसम्म १ सय बढी त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न इकाइहरुको अडिट हुन सकेको रहेनछ । गत असार मसान्तभित्रै अहिले अडिट अहिले सकिएको छ । आगामी दिनमा सबै निकाय, इकाइहरुको लेखा परीक्षण गरिनेछ ।’
महालेखा परीक्षक रायाले हरेक वर्षका महालेखाका प्रतिवेदनहरू लेखा समितिमा छलफल हुनुपर्ने बताए । उनका अनुसार एउटा वर्षको प्रतिवेदनमा छलफल गर्दा त्यही प्रकृतिको अरु वर्षको प्रतिवेदनमा पनि केके थियो भन्ने छुटिरहेको छ ।
त्यसैले ती विषयमा गहन रूपमा छलफल गर्नुपर्छ । रायाले वार्षिक प्रतिवेदन बनाउँदै गर्दा सचिवहरूसँग राय सुझाव मागिने गरिएको भए पनि त्यसको रेस्पोन्स नआउने गरेको गुनासो गरे । समिति बैठकमा रायाले मन्त्रालयहरूमा सरुवा भएर सचिवहरू जाँदा बेरुजुका बारेमा चासो देखाउनुपर्छ । सचिवहरूले डेटा मागेर बेरुजु फर्छ्यौटमा गम्भीरतापूर्वक लाग्नुपर्ने रायाको भनाइ रहेको छ । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण