पोखरा र गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई अधिकांश सेवा शुल्क छुट
सारांश
- सरकारले पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ।
- २०८३ भदौ मसान्तसम्मका लागि यात्रु सेवा शुल्क, पर्यटन शुल्क, र ग्राउन्ड ह्यान्डलिङमा छुट दिइनेछ।
- यस निर्णयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई उडान सञ्चालन गर्न प्रोत्साहन मिल्नेछ।
काठमाडौँ । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई आकर्षित विभिन्न शुल्कमा भारी छुट दिने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार २०८३ साल भदौ मसान्तसम्मका लागि विभिन्न ४ प्रकारका शुल्कमा छुट तथा सहुलियत प्रदान गरिएको जनाएको छ ।
मन्त्रालयका सह प्रवक्ता एवं सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायद्वका अनुसार पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा छुट ४ प्रकारका छुट दिइएको हो ।
कुनमा कति छुट ?
यात्रु सेवा शुल्कमा पूर्ण छुटः अन्तर्राष्ट्रिय उडानका हवाई टिकटमा लाग्ने प्रति यात्रु रु. ३,००० को यात्रु सेवा शुल्क पूर्ण छुट हुने भएको छ ।
पर्यटन शुल्कमा पूर्ण छुटः यस्तै, हवाई टिकटमा नै लाग्ने प्रति यात्रु रु. १,००० को पर्यटन शुल्क पनि पूर्ण रूपमा छुट हुने भएको छ ।
ल्यान्डिङ, पार्किङ र न्याभिगेसन शुल्कमा पूर्ण छुटः यी विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरूका लागि लाग्ने पार्किङ, ल्यान्डिङ र न्याभिगेसन (सञ्चार तथा उड्डयन सहायता) शुल्क पनि पूर्ण रूपमा छुट गरिएको छ ।
ग्राउन्ड ह्यान्डलिङमा ७५% छुट : विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने ग्राउन्ड ह्यान्डलिङ सेवाको शुल्कमा ७५ प्रतिशत छुट प्रदान भएको छ ।
सरकारको यो निर्णयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूका लागि यी दुई विमानस्थलमा उडान सञ्चालन गर्न लाग्ने खर्च उल्लेख्य रूपमा घट्नेछ ।
यसले गर्दा काठमाडौँ बाहिरबाट पनि सीधा अन्तर्राष्ट्रिय उडान सुरु गर्न वायुसेवा कम्पनीहरू प्रोत्साहित हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण