मलेसियामा ५८ प्रतिशत मानिसले किनमेलमा एआई प्रयोग गर्दै
सारांश
- मलेसियामा ५८ प्रतिशत उपभोक्ता किनमेलमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न आकर्षित भएका छन्।
- उपभोक्ताहरूले नयाँ वस्तुहरूको जानकारी, सुझाव र राम्रो निर्णयका लागि एआई प्रयोग गर्छन्।
- सर्वेक्षणअनुसार, ७१ प्रतिशतले भोजन, लुगा र अन्य सामानको विचार लिन एआई प्रयोग गरेको बताए।
क्वालालम्पुर । मलेसियाका उपभोक्ताहरू किनमेलमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न तिव्र रूपमा आकर्षित भइरहेका छन् । हालै सार्वजनिक भएको एक सर्वेक्षणअनुसार ५८ प्रतिशत मलेसियालीले किनमेल गर्दा कृत्रिम बुद्धिमत्ताको सहारा लिने गरेका छन्, जुन संख्या विश्वको औसत ३७ प्रतिशतभन्दा धेरै हो ।
आद्येन खुद्रा प्रतिवेदन २०२५ अनुसार, मलेसियाली उपभोक्ताहरू किनमेल गर्दा नयाँ वस्तुका बारेमा जानकारी लिन, सुझाव पाउन तथा राम्रो निर्णय गर्न कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्दै आएका छन् ।
सर्वेक्षणले मलेसियामा ७१ प्रतिशत व्यक्तिहरूले भोजन, लुगा तथा अन्य सामानको विचार लिन कृत्रिम बुद्धिमत्ताले सहयोग गरेको देखाएको छ । यस्तै, ६९ प्रतिशतले आफूले नचिनेका नयाँ सामग्री र ब्रान्ड चिन्न यसले मद्दत गरेको बताएका छन् ।
त्यस्तै, १८ प्रतिशतले आफूले कल्पना गरेको उत्कृष्ट वस्तुको विचार कृत्रिम बुद्धिमत्ताबाट पाएको बताएका छन्। साथै, ६० प्रतिशतले भविष्यमा यस्ता उपकरणमार्फत सिधै सामान खरिद गर्न इच्छुक रहेको बताएका छन् ।
प्रतिवेदनमा भनिएको छ- ‘हामी अहिले सहज प्रविधिबाट बुद्धिमान प्रविधितर्फ जाँदैछौँ । अबको समयमा कृत्रिम बुद्धिमत्ता व्यक्तिगत किनमेल सहायकका रूपमा कार्य गर्नेछ – जसले लुगा मिलाउने, नयाँ सामग्री देखाउने र व्यक्तिगत रूपमा सुझाव दिने कार्य गर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण