रसुवा । जनैपूर्णिमाको अवसरमा रसुवामा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थयात्रीहरूको भीड बढ्न थालेको छ। पूर्णिमाको दिन यहाँ स्नान गर्नाले पापबाट मुक्त हुने जनविश्वास रहिआएको छ। दर्शनार्थीहरूको ठूलो आगमन हुने भएकाले टेन्टमा बस्ने व्यवस्था समेत मिलाइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।
_TMRIq5yKja.jpg)
मेलालाई व्यवस्थित बनाउन सरसफाइ, वातावरण संरक्षण, उद्धार, स्वास्थ्य उपचार, प्रचारप्रसार, अनुगमन तथा आन्तरिक प्रवर्द्धन उपसमिति गठन गरिएको छ। साथै, यात्रुले खाने-बस्ने होटल तथा लजमा तोकिएको शुल्क तिर्नुपर्ने भएकाले मूल्यसूची हेरेर मात्र रकम भुक्तानी गर्न आग्रह गरिएको छ।
_0Sl1sH787r.jpg)
काठमाडौँदेखि धुञ्चेसम्म करिब आठ घण्टामा मोटरबाट पुगिन्छ र त्यसपछि पैदल यात्रा सुरु हुन्छ। धार्मिक पदमार्गमा त्रिशूली नदी, उकाली भञ्ज्याङ चौतारी, चन्दनबारी क्षेत्रका चौँरीगाई, मिश्रित वनस्पति, लौरीविनायक टापुबाट देखिने अल्का हिमाल लगायतका दृश्यले यात्रालाई थप आकर्षक बनाउने गर्छ।
_zvb2wFS5UI.jpg)
समुद्री सतहदेखि करिब ४,३०० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा भगवान् शङ्करको वास रहेको विश्वास गरिन्छ। यहाँ डुबुल्की मार्दा नयाँ ऊर्जा र जोश अनुभव हुने जनश्रुति छ। गोसाइँकुण्ड बौद्ध तथा हिन्दू दुवै समुदायको साझा धार्मिक थलो भएकाले लामा झाँक्रीको बाजागाजा र स्थानीय वेषभूषाले पर्वको रौनकता थप्छ।
_M32HnCqFSz.jpg)
पर्वका अवसरमा यहाँ पुग्ने भक्तजनले आफ्ना दिवङ्गत पितृको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने चलन छ। विश्वास छ—यसो गर्दा बाटोमा अड्किएका पितृ आत्माहरू स्वर्गमा पुग्छन्।
_hhdPxVRZ4X.jpg)
_mVqn9HATMI.jpg)
_54jqZFaZVZ.jpg)
_CVBuRWOHVS.jpg)
_7rjSQKRxHz.jpg)
_oNAn5gWNeu.jpg)
_ydz7Te20LG.jpg)
_afBilYKAmz.jpg)
_YWYWdykTqc.jpg)
_ngz2RrpwAJ.jpg)
_8bYA6lguU5.jpg)
_zL943bpXa2.jpg)
_Lr2a7uG5jc.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया