बार्सिलोनाले टेर स्टेगनलाई पुनः कप्तान बनायो, मेडिकल विवाद अन्त्य
सारांश
- एफसी बार्सिलोनाले मार्क-आन्द्रे टेर स्टेगनलाई पुनः क्लब कप्तान बनाएको छ।
- टेर स्टेगनले मेडिकल रिपोर्टमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि कप्तानी गुमाएका थिए।
- अन्ततः उनले आवश्यक कागजातमा हस्ताक्षर गरेपछि विवाद समाधान भयो र उनी फेरि कप्तान बने।
बार्सिलोना । स्पेनिस क्लब एफसी बार्सिलोनाले जर्मन गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनलाई पुनः क्लब कप्तानको जिम्मेवारी दिएको छ। पछिल्लो समय भएको मेडिकल रिपोर्टको विवाद समाधान भएपछि उनलाई नेतृत्व भूमिकामा फर्काइएको हो।
पिठ्युँको शल्यक्रियापछि ला लिगालाई आफ्नो मेडिकल रिपोर्ट पठाउन आवश्यक अनुमतिपत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि टेर स्टेगनको कप्तानी अधिकार तात्कालिक रूपमा खोसिएको थियो। विवाद बढ्दै गएपछि क्लबले उनीविरुद्ध अनुशासनात्मक कारबाही प्रक्रिया सुरु गरेको थियो।
तर, टेर स्टेगनले अन्ततः आवश्यक कागजातमा हस्ताक्षर गर्न सहमत भएपछि विवाद टुङ्गिएको बार्सिलोनाले शुक्रबार साँझ सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तामा भनिएको छ, ‘मार्क–आन्द्रे टेर स्टेगनले आफ्नो शल्यक्रियासम्बन्धी मेडिकल रिपोर्ट ला लिगामा पठाउन आवश्यक अनुमतिपत्रमा हस्ताक्षर गरेका छन्। अनुशासनात्मक कारबाही बन्द भएको छ र उनी तुरुन्तै पहिलो टिमका कप्तान बनेका छन्।’
यो सहमति बार्सिलोनाको व्यवस्थापन र क्लबका वरिष्ठ खेलाडीमध्ये एकबिच चलेको तनावपूर्ण अवस्था अन्त्य भएको सङ्केत हो। पछिल्ला वर्षहरूमा ठुला खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेको भन्दै टेर स्टेगन आलोचनामा रहँदै आएका छन्। यद्यपि, उनको चोटका कारण अब बार्सिलोनाले नयाँ गोलकिपर जोआन गार्सियालाई दर्ता गर्ने अवसर पाउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण