बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रक्षाबन्धनले आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी

शनिबार, २४ साउन २०८२, ११ : २१
शनिबार, २४ साउन २०८२

सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धनले पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने बताइन्।
  • उनले जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी खाने पर्व हाम्रो संस्कृति र आस्थाको प्रतीक भएको बताइन्।
  • उनले यो पर्वले सामाजिक एकता, आपसी सद्भाव र राष्ट्रिय पहिचान सुदृढ गर्ने विश्वास व्यक्त गरिन्।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धनले पर्वले पारिवारिक आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिनको सम्पूर्णमा शुभकामना व्यक्त गर्दै रक्षाबन्धनले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने पर्व हाम्रो सभ्यता, संस्कृति र आस्थाको प्रतीकका रूपमा मनाइने गरेको उल्लेख गरिन् । 

‘आत्मिक शुद्धि, संयम, दान र आत्मबलको प्रतीक जनैपूर्णिमा पर्वले सबैमा धर्म, संस्कार र कर्तव्यबोधको भावना जागृत गराउनुका साथै रक्षाबन्धनले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछ’, उनले शुभकामनामा भनेकी छन्- ‘यसै दिन नौ प्रकारका अन्नबाट तयार गरिने परम्परागत परिकार क्वाँटी खाने चलनले हाम्रो मौलिक ज्ञान, खानपान संस्कृतिको संरक्षणसँगै जैविक विविधता र स्वास्थ्यप्रतिको सचेतनालाई समेत उजागर गर्दछ ।’

जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने पर्वले सामाजिक एकता, आपसी सदभाव र राष्ट्रिय पहिचानको सुदृढीकरणमा योगदान पुर्याउने उनको विश्वास  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप