एनपीएलको अक्सन सुरु, १५० खेलाडीको बोली लाग्ने
सारांश
- नेपाल प्रिमियर लिग (एनपिएल) को मिनी अक्सन सुरु भएको छ।
- अक्सनमा १५० खेलाडी सहभागी छन्, जसमा ८ फ्रेन्चाइज टोलीले खेलाडी छान्न पाउनेछन्।
- 'ए' श्रेणीका खेलाडीको न्यूनतम १० लाख र अधिकतम १५ लाख रुपैयाँ मूल्य तोकिएको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को मिनी अक्सन सुरु भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार १५० खेलाडी अक्सनमा सहभागी छन् । सहभागी आठ फ्रेन्चाइज टोलीले रोजेका र क्यानको प्राविधिक टोलीले तोकेको मापदण्डमा परेका १५० खेलाडी अक्सनमा सहभागी भएका हुन् ।
शनिबार ललितपुरको ग्वार्कोस्थित रोयल ट्युलिपमा अक्सन सुरु भएको हो । अक्सनमा ८ वटा फ्रेन्चाइज टोलीले आफ्नो बजेट र आवश्यकता अनुसारका खेलाडी लिन सक्नेछन् । अक्सनमा ‘ए’ श्रेणीमा ८, ‘बी’ श्रेणीमा ३५ र ‘सी’ श्रेणीमा १०७ खेलाडी रहेका छन् । ‘ए’ श्रेणीमा मोहम्मद आलम, सुनाम गौतम, सूर्य तामाङ, शरद भेषव पवन सर्राफ, देव खनाल, दिलीप नाथ र अर्जुन साउद रहेका छन्।
‘ए’ श्रेणीका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख रुपैयाँ तोकिएको छ। यस्तै, ‘बी’ श्रेणीमा न्यूनतम ५ लाख र अधिकतम १० लाख, ‘सी’ श्रेणीमा न्यूनतम २ लाख र अधिकतम ५ लाख रुपैयाँको मूल्य दायरा निर्धारण गरिएको छ। सबैभन्दा बढी रकम बोली लगाउने टोलीले खेलाडी अनुबन्ध गर्न पाउँछ । तर अधिकतम तिर्न एकभन्दा बढी टोली तयार भएमा गोला प्रथाबाट टुङ्गो लगाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण