कांग्रेस बागमती संसदीय दलको प्रवक्तामा लामिछाने नियुक्त
सारांश
- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रवक्तामा सुरजचन्द्र लामिछाने नियुक्त भएका छन्।
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय गरियो।
- साउन २७ मा हुने मुख्यमन्त्रीको विश्वासको मत लिने दिन अनिवार्य उपस्थित हुन भनिएको छ।
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रवक्तामा सुरजचन्द्र लामिछाने नियुक्त भएका छन् । शनिबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लामिछानेलाई प्रवक्तामा नियुक्त गरेको हो ।
लामिछाने प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । गत साउन ९ मा तत्कालीन संसदीय दलका नेता रहेका बहादुरसिंह लामालाई अविश्वास प्रस्ताव दर्ताको क्रममा उनीसहित अन्य ३ मन्त्रीले राजीनामा दिएका थिए ।
राजीनामासँगै उनीहरू लामा विरुद्धको अविश्वास प्रस्तावको पक्षमा खुलेका थिए । लामा विरुद्धको अविश्वास प्रस्ताव पारित गर्दादेखि कांग्रेस संसदीय दलको निर्वाचनमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
बैठकले संसदीय दलका नेता एवम् प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय गरेको छ । बैठकले साउन २७ मा हुने मुख्यमन्त्री बानियाँको विश्वासको मत लिने दिन अनिवार्य उपस्थित भएर उक्त प्रस्तावको पक्षमा मत दिन ह्विप जारी गर्ने निर्णय गरेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण