‘जनै हराएको मान्छे’को अफिसियल ट्रेलर सार्वजनिक
काठमाडौँ । नेपाली चलचित्र ‘जनै हराएको मान्छे’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। शनिबार आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।
फिल्ममा कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, भोलाराज सापकोटा, रियर राई र सुषांक मैनालीलगायतको अभिनय रहेको छ ।
हिमाल न्यौपाने निर्देशित यो चलचित्र भदौदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षको भनाइ छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलरले सुरुको केही सेकेन्डमै दर्शकलाई आफ्नै परिवार, संस्कार र जीवनका पीडादायी क्षणमा पुर्याउँछ। विशेषगरी ‘आम’ गीतको भावपूर्ण धुनले कथाभित्रको भावनात्मक तानाबाना अझै गहिरो बनाएको छ।
कथाले पारिवारिक सम्बन्ध, सांस्कृतिक पहिचान र पुराना परम्पराले व्यक्तिगत जीवनमा ल्याउने दबाबको गहिरो चित्रण गर्छ। नामले नै संकेत गरेझैँ, ‘जनै हराएको मान्छे’ केवल एक घटनाको कथा मात्र होइन, एक पुस्ताबाट अर्को पुस्तामा सर्ने संस्कार र त्यसले जन्माउने भावनात्मक खाडलको अभिव्यक्ति भएको बताइएको छ।
ट्रेलरमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव टी पहारी, कबिता आले, सुषांक मैनाली लगायतका कलाकारका सशक्त अभिनय देख्न सकिन्छ । भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भवाना खापांगी मगर लगायत सह–कलाकारले कथालाई थप जीवन्त बनाएका छन्। बाल कलाकार आरोष भुसाल, अंशु ओली र श्रिष्टि खड्गीको उपस्थिति पनि हृदयस्पर्शी देखिन्छ।
फिल्मलाई कमल न्यौपाने र बिमल न्यौपानेले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा नारायण तिम्सिना, सी.एम. सिवाकोटी, आर.के. मानन्धर, सी.आर. बस्नेत, फिलिप डी.सी. र जेम्स महर्जन छन्। छायांकन नवीन गुरुङ र कृष्ण परियार (ज्याक) ले गरेका छन् भने सम्पादन भरत रेग्मीको रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण