नेपाललाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्छ: सभामुख घिमिरे
सारांश
- सभामुख देवराज घिमिरेले नेपाललाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए।
- डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलामा सहभागी हुँदै उनले डोलेश्वर हिन्दूहरूको आस्थाको धरोहर भएको उल्लेख गरे।
- बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले डोलेश्वरमा भारतीय पर्यटकको आगमन बढ्दै गएको बताए।
भक्तपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाललाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा शनिबार श्रावणी मेलाको २४औँ डोलेश्वर महादेवको पूजा एवं विमला गङ्गा आरतीमा सहभागी हुँदै सभामुख घिमिरेले डोलेश्वर हिन्दुहरूको आस्थाको धरोहर भएको बताए । उनले नेपाललाई धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाएर विश्वभरका पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले डोलेश्वर हिन्दुहरूको आस्थाको केन्द्र बन्दै गएकाले नेपाली मात्र नभई विदेशी पर्यटकको आगमन बढ्दै गएको बताए । उनले भारतीय पर्यटकको आगमन डोलेश्वरमा बढ्दै गएको बताए ।
सभामुख देवराज घिमिरे र मन्त्री थापाले डोलेश्वरमा रहेको मानव सेवा आश्रमको अवलोकन गर्दै यहाँ आश्रित अनाथ नागरिकको अवस्था, लाला पालनबारे जानकारी लिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण