दोगडाकेदारका जीर्ण वडा कार्यालय नयाँ निर्माण
आइतबार, २५ साउन २०८२, ०७ : ३३
सारांश
- दोगडाकेदार गाउँपालिकाले जीर्ण वडा कार्यालय भवनहरू नयाँ बनाउन प्राथमिकता दिएको छ।
- गाउँपालिकाले हालसम्म दुई करोड ४८ लाखमा छवटा वडा कार्यालयहरू निर्माण गरेको छ।
- नयाँ भवन बनेपछि इन्टरनेट सुविधा विस्तार भएको छ, जसले सेवाग्राहीलाई सहज बनाएको छ।
बैतडी । जीर्ण अवस्थामा रहेका वडा कार्यालय भवन नयाँ बनाउन दोगडाकेदार गाउँपालिकाले उच्च प्राथमिकता दिएको छ । हालसम्म गाउँपालिकाका छवटा वडा कार्यालय रु दुई करोड ४८ लाखमा नयाँ निर्माण गरिएका हुन् ।
दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले भने, “वडा कार्यालयहरू जीर्ण भएपछि नयाँ निर्माण गरेका हौँ । सबै वडा पनि यस वर्ष निर्माण गर्ने योजना बनाएका छौँ ।”
यस्तै, गाउँपालिका भवन रु एक करोड ३० लाखमा नयाँ निर्माण गरिएको हो । वडा कार्यालयहरू नयाँ बनेपछि इन्टरनेटको सुविधा पनि विस्तार गरिएको छ । इन्टरनेट सुविधा हुँदा पञ्जीकरण, सामाजिक सुरक्षा दर्ता तथा नवीकरणका काम सहजै वडा कार्यालयबाट भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण