राप्रपा अध्यक्षमा बुद्धिमान तामाङको आकांक्षा
सारांश
- राप्रपाको आगामी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले अध्यक्षको उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्।
- उनले आफूनिकटस्थसँग यस विषयमा छलफल गरेका छन् र राजेन्द्र लिङ्देन निकट समूहको कार्यक्रममा पनि यस्तै धारणा राखेका थिए।
- पार्टीभित्र महाधिवेशनलाई लक्षित गरी गुटगत गतिविधिहरू बढिरहेका छन्, जसमा धवलशमशेर राणा पनि अध्यक्षको उम्मेदवार बन्ने तयारीमा छन्।
काठमाडौँ । राप्रपाको आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले आकांक्षा देखाएका छन् ।
पार्टीभित्र महाधिवेशन लक्षित गतिविधि बढिरहेका बेला तामाङले आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने आकांक्षा देखाएको एक नेताले जानकारी दिए ।
त्यसका लागि उनले आफू निकटस्थसँग सामान्य छलफल समेत गरेका छन् । हाल संगठन विभाग प्रमुख समेत रहेका तामाङले केही दिनअघि राजेन्द्र लिङ्देन निकट समूहले राजधानीमा आयोजना गरेको कार्यक्रममा पनि त्यस्तै धारणा राखेका थिए ।
‘म वरिष्ठ उपाध्यक्ष भइसकेँ । अब त्यो भन्दा माथि भनेको अध्यक्ष नै हो’, उनले कार्यक्रममा भनेका थिएँ, ‘मै हुनुपर्छ भनेको छैन । तर अब तल बस्ने ठाउँ पनि छैन ।’
बुद्धिमानले पछिल्लो समय अध्यक्ष राजेन्द्र लिङ्देन निकटको टिममा बसेर काम गर्दै आएका छन् । सो टिमबाट अध्यक्ष लिङ्देन नै दोहोरिन चाहेका छन् ।
उसो त राप्रपाभित्र महाधिवेशनलक्षित गुटगत गतिविधि समेत बढ्दै गएको छ । सोहीअनुसार धवलशमशेर राणासहितको इतर समूहले अध्यक्ष लिङ्देनविरुद्ध गतिविधि गर्दै आएको छ । इतर समूहबाट राणा नै अध्यक्षको उम्मेदवार बन्ने तयारी छ।
नियमित हुँदा आगामी मंसिरमा राप्रपाको महाधिवेशन हुनुपर्ने हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण