शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
दुर्घटना

कारले ठक्कर दिएर माल्टामा ४२ वर्षीय नेपालीको मृत्यु

आइतबार, २५ साउन २०८२, १४ : ३९
आइतबार, २५ साउन २०८२

सारांश

  • माल्टामा एक नेपालीको दुर्घटनामा मृत्यु भएको छ, मृतक म्याग्दीका ४२ वर्षीय खिमबहादुर पुन हुन्।
  • दुर्घटना 'हिट-एण्ड-रन' को घटना भएको र मोटरसाइकललाई कारले ठक्कर दिएको थियो।
  • घटनास्थलबाट फरार कार चालक र अन्यको खोजी भइरहेको छ, र मृतकको शव अस्पतालमा राखिएको छ।

काठमाडौँ । माल्टामा एक नेपालीको दुर्घटनामा मृत्यु भएको छ । म्याग्दी स्थायी ठेगाना भएका ४२ वर्षीय खिमबहादुर पुनको दुर्घटनामा मृत्यु भएको हो । 

आइतबार बिहान बिरकिरकारा भन्ने स्थानमा उक्त दुर्घटना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेम्स खनालले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार मृतक तीन वर्षदेखि माल्टामा रोजगारीमा रहेका थिए । 

उनको परिवार पोखरामा बस्दै आएको खुलेको छ भने परिवारलाई जानकारी गराइसकिएको खनालले जानकारी दिए । यसैगरी स्थानीय सञ्चारमाध्यम माल्टा टाइम्सका अनुसार ‘हिट–एण्ड–रन’ को घटना भएको हो ।  मोटरसाइकलमा सवार पुनलाई एउटा कारले ठक्कर दिएर भागेको थियो । 

प्रारम्भिक अनुसन्धान अनुसार स्थानीय समय बिहान करिब ५ः२० बजे त्रिक साल्भु पसाइला सडकमा  कारले पुनले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।  ठक्करपछि कार पार्किङमा राखिएका अरु तीनवटा गाडीमा ठोक्किएको बताइएको छ।

दुर्घटनापछि कार चालक र दुई जना सवारहरू घटनास्थलबाट फरार भएका थिए। पीडितको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

घटनाको केही मिनेटपछि भेटिएकी १८ वर्षीया मोस्टा निवासी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई केही चोटपटक लागेको कारण माटर डेई अस्पताल लगिएको भए पनि स्वास्थ्य अवस्थाबारे जानकारी खुलाइएको छैन।

उक्त घटनाका चालक र अर्को सवारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। यस्तै हाल मृतकको शव  मातर–देई हस्पिटलमा राखिएको छ । केही साताअघि पनि माल्टामै एक नेपालीको पौडी खेल्नेक्रममा मृत्यु भएको थियो । 

माल्टामा हाल करिब १० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप