भूमिसम्बन्धी विधेयकमा मन्त्रालयले पेस गर्यो परिमार्जनसहितको यस्तो प्रस्ताव (पूर्णपाठ)
सारांश
- भूमि व्यवस्था मन्त्रालयले भूमिसम्बन्धी ऐन संशोधन गर्न परिमार्जनसहितको प्रस्ताव पेस गरेको छ।
- समितिको बैठकमा विभिन्न व्यवस्थामा परिमार्जन गर्नुपर्ने प्रस्ताव राखिएको छ।
- कम्पनीले तोकिएको हदसम्मको जग्गामा घडेरी विकास गरी बिक्री गर्न सक्ने प्रस्ताव गरिएको छ।
काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा परिमार्जनसहितको प्रस्ताव पेस गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विभिन्न व्यवस्थामा परिमार्जन हुनुपर्ने भन्दै मन्त्रालयले प्रस्ताव पेस गरेको हो ।
मन्त्रालययले स्वीकृति प्रतिवेदन पेस गर्ने सम्बन्धमा प्रस्ताव हालेको छ । जसमा ‘कुनै सार्वजनिक संस्था, उद्योग, कम्पनीलगायत सञ्चालनका लागि सम्बन्धित निकायबाट कानुन बमोजिम अनुमति प्राप्त गर्दा जग्गा उपयोगसम्बन्धी डीपीआर र वातावरणीय अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने भए हदबन्दीभन्दा बढी जग्गा राख्न स्वीकृत माग गर्दा त्यस्तो जग्गा उपयोग सम्बन्धी डीपीआर र सम्बन्धित निकायबाट स्वीकृत भएको वातावरणीय अध्ययन प्रतिवेदनको प्रमाणित प्रतिवेदन पेस गर्नुपर्ने’ उल्लेख छ ।
यस्तै कम्पनीले नेपाल सरकारले सूचित आदेशद्वारा तोकिएको हदसम्मको जग्गामा जग्गा विकास गरी घडेरी या त्यस्तो घडेरीमा घर वा आवास इकाई निर्माण गरी बिक्री गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
यस्तै २०६६ माघ २८ भन्दा अगावैदेखि आवाद जग्गामात्र एक पटकका लागि पुनः नक्सांकन गरी वन क्षेत्रबाट छुट्याई नेपाल सरकारको नाममा कायम गरी अद्यावधिक गर्नेलगायतका प्रस्ताव पनि गरिएको छ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण