पाकिस्तानसँग चाँडै फेरि युद्ध हुन सक्ने भारतीय सेना प्रमुखको चेतावनी
सारांश
- भारतीय सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले पाकिस्तानसँग निकट भविष्यमा युद्धको आशंका व्यक्त गरेका छन्।
- उनले आगामी युद्धका लागि तयार रहनुपर्ने र एकजुट भएर लड्नुपर्नेमा जोड दिएका छन्।
- जनरल द्विवेदीले आईआईटी मद्रासमा आयोजित कार्यक्रममा आतंकवादी अखडा नष्ट गरेको र प्रधानमन्त्रीसँगको भेटबारे जानकारी दिए।
नयाँ दिल्ली । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले पाकिस्तानसँग निकट भविष्यमा पुनः युद्ध हुन सक्ने गम्भीर आशंका व्यक्त गरेका छन् ।
उनले आगामी युद्धका लागि तयार रहनुपर्ने र यो लडाइँ एकजुट भएर लड्नुपर्नेमा जोड दिएका भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
शनिबार आईआईटी मद्रासमा आयोजित एक कार्यक्रममा जनरल द्विवेदीले भने, 'अर्को युद्ध चाँडै हुन सक्छ । हामीले सोहीअनुसार तयारी गर्नुपर्छ र यस पटक हामीले यो लडाइँ मिलेर लड्नुपर्नेछ ।'
आफ्नो भनाइलाई पुष्टि गर्न हालैका सैन्य कारबाहीबारे जानकारी दिँदै उनले भने, '२५ अप्रिलमा हामीले उत्तरी कमानको भ्रमण गर्यौँ । यहाँ अपरेसनको योजना बनायौँ, जसमा हामीले ९ मध्ये ७ आतंकवादी अखडा नष्ट गर्यौँ र त्यसमा धेरै आतंककारी पनि मारिए ।'
उनले २९ अप्रिलमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटको पनि उल्लेख गरे । एक सफल सैन्य अपरेसनले राष्ट्रिय एकतालाई कसरी बलियो बनाउँछ भन्नेबारे चर्चा गर्दै उनले भने, 'यो महत्त्वपूर्ण छ कि कसरी अपरेसन सिन्दुरजस्तो एउटा सानो नामले पूरै देशलाई जोड्छ । यो एउटा यस्तो कुरा थियो, जसले सारा देशलाई प्रेरित गर्यो । त्यसैले गर्दा सारा देशले भनिरहेको थियो कि तपाईंहरूले यसलाई किन रोक्नुभयो ? यो प्रश्न सोधिएको थियो र यसको भरपूर जवाफ दिइएको छ।'
के हो 'अग्निशोध' ?
कार्यक्रममा भारतीय सेनाको प्राविधिक विकासबारे पनि चर्चा गरिएको थियो। 'अग्निशोध' भारतीय सेनाको अनुसन्धान सेल (आईएआरसी) द्वारा रक्षा प्रविधिमा चालिएको एक महत्त्वपूर्ण कदम हो ।
यसको मुख्य उद्देश्य सैन्यकर्मीहरूलाई एडिटिभ म्यानुफ्याक्चरिङ (थ्रीडी प्रिन्टिङ), साइबर सेक्युरिटी, क्वान्टम कम्प्युटिङ, वायरलेस कम्युनिकेसन र मानवरहित प्रणाली (अनम्यान्ड सिस्टम) जस्ता अत्याधुनिक क्षेत्रमा दक्ष बनाउनु हो, जसबाट प्रविधिमा पोख्त र सक्षम जनशक्ति तयार गर्न सकियोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण