व्यवसायी तथा मजदुरलाई अनावश्यक दुःख नदिन महासङ्घको आग्रह
पोखरा । पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घले ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
महासङ्घका महासचिव नीर बहादुर विश्वकर्माले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै गत शुक्रबार व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएकाे घटनाप्रति महासङ्घले ध्यानाकर्षण भएको जनाएको हो ।
'पिडित पक्षहरुको निवेदन अनुसार उनीहरु मध्ये अधिकांशले नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई व्यवसाय गर्दै आएको र कतिपयले केवल ज्याला मजदुरी स्वरुप अरुको सुन लिएर कालिगढी गरी गहना निर्माण र ज्याला मजदुरी लिने गरेको बुझिएको छ,'जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
महासङ्घले यस विषयमा सत्य तथ्य स्पष्ट रूपमा बुझी मात्र दोषी ठहरिएकामाथि कानुनी प्रक्रिया अघि बढाउन र यथार्थ नबुझी हचुवामा व्यवसायी तथा मजदुरलाई दुःख दिने वा झमेलामा पार्ने कार्य रोक्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
साथै, महासङ्घले नेपालको प्रचलित कानुनअनुसार निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण