गोसाइँकुण्ड मार्गमा तीर्थयात्री बेपत्ता
आइतबार, २५ साउन २०८२, २२ : २०
सारांश
- रसुवाको गोसाइँकुण्ड गएका काभ्रेपलाञ्चोकका एक तीर्थयात्री बेपत्ता भएका छन्।
- ६० वर्षीय कृष्णबहादुर मगर साउन २३ गते चन्दनबारी र चोलाङपाटीको बीचबाट हराएका हुन्।
- प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले उनको खोजी गरिरहेको छ।
रसुवा । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्री धार्मिकमार्गबाट बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ का ६० वर्षीय कृष्णबहादुर मगर रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
मगरसँगै गएका साथी रामकुमार ढकाल र अर्जुन विकले उनी बेपता भएको प्रहरीमा जाहेरी दिएका थिए । चन्दनबारी र चोलाङपाटीको बीच भागबाट यही साउन २३ गते मगर बेपत्ता भएको जाहेरीमा उल्लेख छ । चन्दनबारी र चोलाङपाटीको बीच भाग घनाजङ्गल भएको क्षेत्र हो ।
हराएको सूचना पाउना साथ प्रहरी निरीक्षक राजु शाहको नेतृत्वमा खोज उद्धार टोली खटाइएको छ । उद्धारका लागि सशस्त्र प्रहरी बल, श्रीनाथ गणको नेपाली सेनाको टोली र नेपाल प्रहरीको टोलीका ४५ सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
-
प्रतिनिधि सभा बैठक असार ३० गतेसम्मका लागि स्थगित
-
१० बजे १० समाचार : सम्पत्ति छानबिनबारे सर्वोच्चको आदेशदेखि गणेश नेपालीको मृत्युले हंगामासम्म
-
सुधनमाथि शंकरकाे कटाक्ष : गृहमन्त्रीले मधेसमा आत्मदाह घटनाको दोष कसको टाउकोमा थुपार्ने हाेलान् ?
-
युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी
-
सफ्टवेयरको काम गर्ने बहानामा अनलाइन जुवा र सट्टेबाजी, भारतीयसहित ८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण