खोर्लावेशीमा बेलिब्रिज निर्माण
सारांश
- बुढीगण्डकी जलविद्युत् आयोजनाले गोरखाको खोर्लावेशीमा बेलिब्रिजको उद्घाटन गरेको छ।
- यो पुलले उत्तरी गोरखाका बासिन्दालाई सदरमुकाम र राजधानी आवतजावत गर्न सहज बनाएको छ।
- पुल बनेपछि आयोजनाको काम भदौबाट सुरु हुने र स्थानीयलाई आवतजावतमा सहजता हुनेछ।
गोरखा । तीन सय ४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाले उत्तरी गोरखाको धार्चे–३ खोर्लावेशीमा निर्माण गरेको बेलिब्रिजको उद्घाटन गरिएको छ ।
रु पाँच करोडको लागतमा निर्माण भएको सो पुलको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ र आयोजनाको प्रवर्द्धक कम्पनी टाइम्स इनर्जीका अध्यक्ष हिम पाठकले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । तिब्बती सीमा जोड्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट लार्के सडकको खोर्लावेशीस्थित निम्रुङ खोलामा सो निर्माण गरिएको हो ।
पुल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गुरुङले उत्तरी गोरखाको लाइफलाइनका रूपमा रहेको सो बाटोमा पुल निर्माण गरेकामा आयोजनालाई धन्यवाद दिए । साथै समयमै आयोजनाको सुरुवात गरी समयमै सम्पन्न गर्न शुभकामना दिए । आयोजनाको प्रवर्द्धक कम्पनी साहस ऊर्जाका हिम पाठकले आयोजना र गाउँपालिकाको समन्वय र सहकार्य जारी रहने अपेक्षा व्यक्त गरे । साथै पुल बनेपछि आयोजनाको बाँध स्थलसम्म सवारीसाधन पुग्न सजिलो हुने भएकाले भदौदेखि नै आयोजनको काम सुरु गर्ने जानकारी दिए ।
चुमनुब्री गाउँपालिका–३ का वडाध्यक्ष रामकुमार गुरुङ, धार्चेकी उपाध्यक्ष सुनिला गुरुङ, धार्चेका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पुल ३७ मिटर लामो र ४ मिटर चौडा फराकिलो रहेको छ । सो पुल बनेपछि धार्चे–१, २ र ३ का बासिन्दा तथा चुमनुब्री गाउँपालिकाका सबै वडाका बासिन्दालाई सदरमुकाम तथा राजधानी लगायतका सहरी क्षेत्र आवतजावत गर्न सहज भएको छ ।
“यसअघि वर्खाका बेला खोर्लाखोला बढेर सवारी साधन चलाउन सकिँदैनथ्यो । अब पुल बनेपछि सजिलो भएको छ”, धार्चे–३ का पूर्ववडाध्यक्ष इन्द्रप्रसाद गुरुङले भने, ‘अब तातोपानी, दोभानसम्म ढुक्कले हिउँद बर्खे सवारीसाधन चल्छ ।” चुमनुब्रीका बासिन्दा सवारीसाधन चढ्न माछाखोलासम्म आइपुग्नुपर्नेमा अब सजिलो भएको उनको भनाइ छ ।
बुढीगण्डकी जलविद्युत् आयोजना चुमनुब्री–३ सल्लेरीमा बाँधबाँधी ७ किलोमिटर सुरुङबाट पानी लगेर धार्चे–३ तातोपानीमा विद्युत् गृह निर्माण गरिनेछ । यहाँ उत्पादित विद्युत् ४५ किलोमिटर टाढा नुवाकोटको रातमाटे सवस्टेशनमा लगेर केन्द्रीय प्रसारणमा जोडिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण