वर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो
सारांश
- वेस्ट इन्डिजले पाकिस्तानलाई दोस्रो एकदिवसीय खेलमा ५ विकेटले पराजित गर्यो।
- रोस्टन चेस र जस्टिन ग्रेभ्सको उत्कृष्ट प्रदर्शनले वेस्ट इन्डिजलाई जित दिलायो।
- श्रृंखलाको पहिलो खेलमा पाकिस्तानले जितेको थियो भने तेस्रो खेल निर्णायक हुनेछ।
तारोबा । पाकिस्तानीसँगको तीन खेलको एकदिवसीय शृंखलामा वेस्ट इन्डिजले दोस्रो खेलमा पाँच विकेटको जित हात पारेको छ। वर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले डकवर्थ लुईस नियमअनुसार १८१ रनको संशोधित लक्ष्य ३५ ओभरमा पूरा गरेको छ।
आइतबार ब्रायन लारा स्टेडियममा भएको खेलमा रोस्टन चेस र जस्टिन ग्रेभ्सको उत्कृष्ट प्रदर्शनले वेस्ट इन्डिजले जित हासिल गरेको हो। वेस्ट इन्डिजले १० बल बाँकी छँदै ५ विकेट गुमाएर १८४ रन बनाएको हो।
रोस्टन चेसले ४७ बलमा ४९ रन बनाए, जसमा दुई छक्का र एक चौका समावेश थियो। उनी प्लेयर अफ द म्याच समेत भए।
वर्षाले पाकिस्तानको इनिङ्सलाई पनि प्रभावित गरेको थियो। ३७ ओभरमा पाकिस्तानले ७ विकेट गुमाएर १७१ रन बनाएको थियो।
पाकिस्तानका लागि हसन नवाजले ३० बलमा ३६ रन बनाए, जसमा तीन छक्का समावेश थियो। हुसैन तलालले पनि ३२ बलमा ३१ रन जोडे। कप्तान मोहम्मद रिजवानले भने ३८ बलमा १६ रन मात्र बनाए। वेस्ट इन्डिजका लागि जयडेन सिल्सले ७ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए।
रन पछ्याउने क्रममा वेस्ट इन्डिजको इनिङ्समा शेर्फेन रुथरफोर्डले ३३ बलमा ४५ रन बनाएका थिए। तर, १८ ओभरमा ३-१०१ को अवस्थाबाट २५ ओभरमा ५-१११ मा पुगेर वेस्ट इन्डिज दबाबमा परेको थियो।
त्यसपछि चेस (४९ रन) र ग्रेभ्स (३१ बलमा २६ रन) ले अविजित ७७ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए।
शृंखलाको पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको थियो। तेस्रो तथा निर्णायक खेल मंगलबार सोही मैदानमा हुनेछ। यसअघि टी–२० शृंखलामा पाकिस्तानले वेस्ट इन्डिजलाई २-१ ले हराएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण