समस्याग्रस्त सहकारीका २१ सवारी साधन बेच्न २१ दिने सूचना
सारांश
- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २१ वटा सवारी साधन लिलामी बिक्री गर्ने भएको छ।
- समितिले इच्छुक व्यक्ति वा संस्थालाई शिलबन्दी निवेदन पेस गर्न आह्वान गरेको छ।
- सहकारी ऐन, २०७४ अनुसार समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन गर्न लिलामी गरिएको हो।
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको नियन्त्रणमा रहेका चार पाङ्ग्रे र दुई पाङ्ग्रे २१ सवारी साधनहरू लिलामी बिक्रीमा राखिएको छ।
समितिले आज २१ दिने सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति वा संस्थालाई तोकिएको शर्तअनुसार शिलबन्दी निवेदन पेस गर्न आह्वान गरेको हो।
सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित भई मन्त्रालयमा लेखी आएका सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि, सोही ऐनको दफा १०५ अनुसार, समितिको नियन्त्रणमा लिइएका सवारी साधनहरू मूल्याङ्कन गरी प्रतिवेदन पेश भएपछि लिलामी बिक्री प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को परिच्छेद ११, दफा १०६ र १०७ बमोजिम मूल्याङ्कन भई प्रतिवेदन आएको र दफा १०८(१)(ग) अनुसार जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गर्न सूचना प्रकाशित गरिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण