बैतडीका पशुमा खरी र लम्पी स्कीन सङ्क्रमण देखियो
सारांश
- बैतडी जिल्लामा पशुहरूमा लम्पी स्कीन र खरी रोग पुन: देखा परेको छ।
- खरी रोग दूध दिने भैंसीहरूमा जाडो र गर्मी मौसममा बढी देखिन्छ, जसले उत्पादनमा कमी ल्याउँछ।
- लम्पी स्कीन लागेका पशुहरूमा ज्वरो आउने, फोका निस्कने र घाँटी सुन्निने जस्ता लक्षणहरू देखिन्छन्।
बैतडी । जिल्लाका पशुमा लम्पी स्कीन र खरी रोग पुनः देखा पर्न थालेको छ । सबै स्थानीय तहमा सो रोगबाट पशु सङ्क्रमित हुन थालेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानी पन्तको भनाइ छ ।
खरी रोगलाई धुलखुले, चौखुरी नामले पनि चिनिन्छ । यो रोग दूधालु बधुवा भैँसीमा जाडो तथा गर्मी समयमा र बेँंसी क्षेत्रमा भन्दा पहाडी डांँडाकाँडामा बढी देखिने गरेको प्रमुख पन्तको भनाइ छ । यो रोग लागेपछि पशु दुब्लाउदै जान्छ र उत्पादनमा ह्रास आउँछ ।
उनका अनुसार चौपायमा यो रोगका लागेमा – सारकोप्टिक, माइट छाला भित्रसम्म पुग्ने भएकोले अन्य भन्दा बढी कष्टदायक हुन्छन् । सरोप्टिक माइटहरुले छालाको बाहिरी भागमा आक्रमण गरी छालामा बाक्ला कत्ला बनाउँछ । प्रायः छालामा पाप्रा देखिने र त्यसपछि घाउ हुने, छाला खस्रो र सुख्खा हुने जस्ता लक्षण देखिने गर्दछ ।
यस रोगको नेपाल कृषि अनुसन्धान परिषद् पशु स्वास्थ्य अनुसन्धान महाशाखा खुमलटार ललितपुरले २०४५ सालदेखि अनुसन्धान जारी राखेको छ । तर अहिलेसम्म ठोस् रुपको उपचार पद्धति भने विकास हुन सकेको छैन ।
यस्तै जिल्लामा लम्पी स्कीनको सङ्क्रमण पनि देखिन थालेको छ । लम्पी स्कीन पुरानै पशुचौपायामा देखिन थालेको प्रमुख पन्तको भनाइ छ । लम्पी स्कीन लागेका चौपायलाई १०४ डिग्री भन्दामाथि ज्वरो आउने, शरीरमा साना–ठुला फोका निस्कने, खुट्टा, पातो र घाँटीको भाग सुन्निने, विस्तारै घाँस खान छाड्नेजस्ता लक्षण देखापर्ने गरेका छन् ।
लम्पी स्कीन देखिएका पशुबाट नजिकैका अन्य पशुमा पनि यो रोग सर्न सक्ने भएकाले सावधानी अपनाउन जरुरी रहेको केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण