टिजरमा यस्तो देखियो दयाहाङको ‘जारी–२’
सारांश
- आगामी असोज ३ गते रिलिज हुने फिल्म ‘जारी–२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक भयो।
- टिजर लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको वरिपरि घुमेको छ, र यसमा दयाहाङ राई लगायतका कलाकार छन्।
- यो फिल्म ‘जारी’ को सिक्वेल हो, जुन २०८० सालमा ब्लकबस्टर बनेको थियो र १७ करोडभन्दा बढीको व्यापार गरेको थियो।
काठमाडौँ । आगामी असोज ३ गते रिलिज हुने फिल्म ‘जारी–२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक गरिएको छ । टिजर लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा घुमेको छ ।
च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट सुरु हुने २ मिनेट ३४ सेकेन्डको टिजरले फिल्मकाे कथा केही खोलेको छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘जारी’ को सिक्वेल हो । ‘जारी’ २०८० सालको ब्लकबस्टर फिल्म हो । सो वर्ष फिल्मले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण