राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ सार्वजनिक
सोमबार, २६ साउन २०८२, १२ : ३३
सारांश
- महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत 'बुद्धको देश नेपाल' सार्वजनिक गरियो।
- गीत नेपाल संस्कृत विश्वविद्यालयका कुलपति लगायतले सार्वजनिक गरे।
- गीतमा सङ्गीत सन्तोष श्रेष्ठको रहेको छ भने भिडियोमा खेमनाथ दाहालको अभिनय रहेको छ।
काठमाडौँ । महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइराला, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, वरिष्ठ सङ्गीतकार राजु सिंह लगायतले गीत सार्वजनिक गरे ।
सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर र सङ्गीत रहेको गीत महाकाव्यकार दाहालको श्वेतपत्र महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसालको अभिनय छ ।
राजन खरेलको छायाङ्कन, सम्पादन रहेको गीत सङ्गीतकार श्रेष्ठको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण