विदेशमा बस्ने नेपालीहरूको विषयमा निर्णायक कुरा गर्ने पार्टी कांग्रेस हो : प्रवक्ता महत
सारांश
- प्रवक्ता डा. प्रकाश शरण महतले विदेशमा बस्ने नेपालीहरूको विषयमा कांग्रेसले निर्णायक कुरा गर्ने बताए।
- गैरआवासीय नेपाली नागरिकता, राजनीतिक अधिकारबाहेक अन्य अधिकार दिन कांग्रेसले नेतृत्व गरेको उनले बताए।
- उनले पार्टीको समस्या नीतिमा नभई संगठन र व्यक्तिवादी प्रवृत्तिमा रहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले विदेशमा बस्ने नेपालीहरूको विषयमा निर्णायक कुरा गर्ने पार्टी नेपाली कांग्रेस भएको बताएका छन् ।
नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधिहरूको भेलामा सोमबार महतले गैरआवासीय नेपाली नागरिकता, राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार गैरआवासीय नेपालीहरूलाई दिन धेरै कठिन भएको तर कांग्रेसले नै त्यसको नेतृत्व गरेर सफल बनाएको बताए ।
उनले कानुन बन्न ढिलाइ भएको स्वीकार गर्दै कानुन बनेपछि राजनीतिक अधिकार बाहेकका सम्पूर्ण अधिकार सुरक्षित हुने बताए ।पार्टीहरूले नेपालबाहिर पनि नेपाल छ भन्ने कुरा आत्मसात् गर्न जरुरी रहेको र नेपाली कांग्रेसले यसलाई आत्मसात् गरिरहेको बताए ।
विदेशमा बस्ने नेपालीहरूको नेपालसँग प्रत्यक्ष सम्बन्ध, परिवार, नातागोता र प्रभाव भएकाले उनीहरूको चासो र चिन्तालाई सम्बोधन नगरे निर्वाचनमा त्यसको प्रभाव पर्ने सक्ने कुरामा उनको जोड थियो ।
कांग्रेसले नागरिक अधिकार, विधिको शासन, र जनताको अनुमति बिना सत्तामा जान नपाउने जस्ता नीतिहरू स्थापित गरेको उनले बताए । आर्थिक रूपान्तरण र लगानीको नेतृत्व पनि कांग्रेसले नै गरेको उनले उल्लेख गरे ।
पार्टीको समस्या नीति सिद्धान्तमा नभई सङ्गठनमा रहेको उनले बताए। व्यक्तिवादी प्रवृत्ति र एक–अर्कालाई फसाउन ऊर्जा खर्च गर्ने प्रवृत्ति प्रमुख समस्या रहेको औँल्याउँदै डा.महतले पार्टीको आधिकारिक निर्णयलाई लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण