सिटी छाडेर एभर्टन जाँदै ग्रिलिस
सारांश
- इंग्ल्यान्डका खेलाडी ज्याक ग्रिलिस म्यानचेस्टर सिटीबाट एभर्टनमा लोनमा जाने भएका छन्।
- ग्रिलिसलाई सिटीले २०२४-२५ को सिजनमा खासै अवसर दिएको थिएन, त्यसैले उनी एभर्टन जान लागेका हुन्।
- २९ वर्षीय ग्रिलिसले आफ्नो पुरानो लय फर्काउन नयाँ चुनौती खोज्दै एभर्टनमा डेभिड मोयससँग खेल्नेछन्।
म्यानचेस्टर । इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी ज्याक ग्रिलिस म्यानचेस्टर सिटीबाट एभर्टन जाने भएका छन्। सिटीमा राम्रो प्रदर्शन गर्न नसकिरहेका उनलाई एभर्टनले लोनमा ल्याउन सम्झौता गरेको हो ।
सन् २०२४–२५ को सिजनमा ग्रिलिसलाई एतिहाद स्टेडियममा खासै अवसर दिइएको थिएन। उनलाई पेप ग्वार्डिओलाको क्लब विश्वकप योजनाबाट पनि बाहिर राखिएको थियो, जसले म्यानचेस्टरमा उनको समय सकिएको संकेत दिएको थियो।
गत सिजन प्रिमियर लिगमा उनले सात खेलमा मात्रै सुरुवाती–११ मा स्थान बनाएका थिए र एउटा मात्र गोल गरेका थिए । २९ वर्षको उमेरमा, उनले आफ्नो पुरानो लय फर्काउन नयाँ चुनौती खोजिरहेका छन्।
भिल्लाका पूर्वस्टार ग्रिलिस अब मर्सीसाइड जानेछन्। उनले एभर्टनमा डेभिड मोयेससँग काम गर्नेछन् । प्रारम्भिक रूपमा सिजनभरका लागि लोन सम्झौता गरिएको छ।
फाब्रिजियो रोमानोले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्, ‘ज्याक ग्रिलिस एभर्टनमा, यो पक्का भयो१ म्यानचेस्टर सिटीसँग लोन सम्झौता भएको छ र आजै पछि मेडिकल परीक्षण हुनेछ। ग्रिलिसले इएफसीको प्रोजेक्टमा सहमति जनाएका छन् र अब २४ घण्टाभित्र उनको स्थानान्तरण पूरा हुनेछ।’
पछिल्लो समय लय गुमाए पनि ग्रिलिस एक प्रमाणित प्रिमियर लिग खेलाडी हुन्। सन् २०२६ को विश्वकपले उनलाई थप प्रेरित गर्नेछ, किनभने उनी थोमस टुकलको योजनामा स्थान बनाउन चाहन्छन्। उनले इङ्ल्यान्डका लागि हालसम्म ३९ क्याप जितिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण