भ्रातृ संस्थाहरूको अधिवेशन गराउन कांग्रेसले पारित गर्यो निर्देशिका
सारांश
- नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न निर्देशिका पारित गरेको छ।
- पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्देशिका पारित गरेको हो।
- निर्देशिकालाई अन्तिम रूप दिन भ्रातृ संस्था र निर्देशन समितिहरूसँग सुझाव लिइएको थियो।
काठमाडौँ । नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न बनाइएको निर्देशिका पारित गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी र निर्देशन समितिको संयुक्त बैठकले निर्देशिका पारित गरेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न निर्देशन समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा तयार गरिएको निर्देशिका पारित गरिएको जानकारी दिए । उनले निर्देशिकालाई अन्तिम रूप दिनका लागि भ्रातृ संस्था तथा निर्देशन समितिहरूसँग सुझाव लिइएको बताए ।
उनले भने- ‘लामो समयसम्म अधिवेशन नभएको तथा अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संस्थाहरूको बारेमा अधिवेशन गर्नको लागि बनाइएका निर्देशन समितिहरू र पार्टीका पदाधिकारीहरूको संयुक्त बैठक थियो । त्यो संयुक्त बैठकले अधिवेशन सम्पन्न गर्नको लागि निर्देशन समितिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा एउटा निर्देशिका तयार भएको छ । त्यो निर्देशिका पार्टी महामन्त्री विश्वप्रकाश शर्मा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र सहमहामन्त्रीज्युहरुको उपस्थितिमा सबै भ्रातृ संस्थाका अध्यक्ष र निर्देशन समितिहरूलाई राखेर त्यसका बारेमा छलफल भयो । र त्यो छलफलमा केही सुझावहरू प्राप्त गरिसकेपछि निर्देशिका पारित गरेका छौँ ।’
बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू लगायतको उपस्थिति रहेको थियो । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण