इलाममा व्यस्त 'मैझारो'को टोली
काठमाडौं । फिल्म ‘मैझारो’ यतिवेला इलामका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।
साउनको पहिलो हप्ताबाट छायांकन सुरु भएको फिल्मका निर्देशक कलाकार विल्सन विक्रम राई हुन् । इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा फिल्मको छायांकन भइरहेको निर्देशक राईले बताए ।
मौलिक प्रेम कथामा आधारित फिल्ममा धीरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बूलगायत कलाकारको अभिनय रहने छ ।
फिल्ममा पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतासमेत प्रस्तुत हुने निर्माण युनिटले जनाएको छ ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा बन्न लागेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहने गीतहरूमा स्वर राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतले स्वर दिएका छन् ।
सौरभ लामा छायांकार रहेको फिल्म आरआर फिल्मले वितरण गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण