कैलाली कारागार घटना : परिवारले बुझे शव
सोमबार, २६ साउन २०८२, २० : ५३
सारांश
- कैलाली कारागारमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका धनगढीका भरत चौधरीको शव परिवारले बुझेका छन्।
- शुक्रबार राति कारागारभित्र दुई समूहबीच झडप हुँदा ३७ वर्षीय चौधरीको मृत्यु भएको थियो।
- चौधरी लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका थिए र उनको पोस्टमार्टम सेती प्रादेशिक अस्पतालमा गरिएको हो।
काठमाडौँ । कैलाली कारागारमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका धनगढीका भरत चौधरीको शव उनको परिवारले जिम्मा लिएका छन् ।
शुक्रबार राति कारागारभित्र दुईवटा समूहबिच झडप हुँदा ३७ वर्षीय चौधरीको मृत्यु भएको थियो । उनी धनगढी उपमहानगरपालिका–४ का स्थानीय हुन् ।
परिवारले शव बुझेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले रातोपाटीलाई बताए । चौधरीको सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ । पारिवारिक स्रोतका अनुसार चौधरीको मंगलबार अन्त्येष्टि गरिनेछ । उनी ६ महिनादेखि लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण