एसिया बुक अफ रेकर्डमा नाम लेखाउने लक्ष्यसहित निःशुल्क मेकअप कार्यशाला
काठमाडौँ । युथ इको नेपालको आयोजनामा एसिया बुक अफ रेकर्डमा नाम लेखाउने लक्ष्यसहित मंगलबार भक्तपुरमा वृहत मेकअप कार्यशाला हुने भएको छ ।
यस ऐतिहासिक कार्यशालामा ३० वटाभन्दा बढी मेकअप कक्षमा २ हजारभन्दा धेरै सहभागीलाई लाइभ मेकअप गरिनेछ । कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा यस कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा निःशुल्क मेकअप, निःशुल्क कपाल काट्ने सेवा, निःशुल्क छाला परीक्षण, निःशुल्क नेल आर्ट तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू हुनेछन् ।
सौन्दर्य र फेसन क्षेत्रमा भविष्य बनाउने सोच राख्नेहरूलाई प्रेरित गर्ने लक्ष्यले यस कार्यक्रम आयोजना गर्न लागिएको इको नेपालका अध्यक्ष आकाश गजुरेलले बताए ।
‘विश्वमै यति ठुलो सहभागितासहित लाइभ मेकअप अन्त कतै भएको छैन । हामीले विश्व कीर्तिमान राख्ने लक्ष्यसहित यसको आयोजना गर्दैछौँ र कार्यक्रम सफलतापछि एसिया बुक अफ रेकर्डमा नाम लेखिनेछ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण