शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

एसिया बुक अफ रेकर्डमा नाम लेखाउने लक्ष्यसहित निःशुल्क मेकअप कार्यशाला

सोमबार, २६ साउन २०८२, २१ : ०४
सोमबार, २६ साउन २०८२

काठमाडौँ । युथ इको नेपालको आयोजनामा एसिया बुक अफ रेकर्डमा नाम लेखाउने लक्ष्यसहित मंगलबार भक्तपुरमा वृहत मेकअप कार्यशाला हुने भएको छ । 

यस ऐतिहासिक कार्यशालामा ३० वटाभन्दा बढी मेकअप कक्षमा २ हजारभन्दा धेरै सहभागीलाई लाइभ मेकअप गरिनेछ । कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । 

अन्तर्राष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा यस कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा निःशुल्क मेकअप, निःशुल्क कपाल काट्ने सेवा, निःशुल्क छाला परीक्षण, निःशुल्क नेल आर्ट तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू हुनेछन् । 

सौन्दर्य र फेसन क्षेत्रमा भविष्य बनाउने सोच राख्नेहरूलाई प्रेरित गर्ने लक्ष्यले यस कार्यक्रम आयोजना गर्न लागिएको इको नेपालका अध्यक्ष आकाश गजुरेलले बताए । 

‘विश्वमै यति ठुलो सहभागितासहित लाइभ मेकअप अन्त कतै भएको छैन । हामीले विश्व कीर्तिमान राख्ने लक्ष्यसहित यसको आयोजना गर्दैछौ र कार्यक्रम सफलतापछि एसिया बुक अफ रेकर्डमा नाम लेखिनेछ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप