सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो
सारांश
- सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका २८ जनामध्ये पाँच जनाको मृत्यु भएको छ, भने अन्यको उपचार भइरहेको छ।
- प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ, तीव्र गति र वर्षाका कारण दुर्घटना भएको अनुमान छ।
इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिकाका–६ का ३५ वर्षीय शङ्कर मण्डल, तिरहुत गाउँपालिकाका ६० वर्षीया अनारवतीदेवी यादव, सप्तरी गोइठीका ६८ वर्षीय जीवछ महत्मान, सुनसरी कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर महानगरपालिका–१० का ४० वर्षीय अशोक यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले बताए ।
काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको माइक्रो (विङगर) एकापसमा ठोक्किएको थियो ।
शङ्कर, लक्ष्मण र अशोकको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहामा, अनारवतीको जिल्ला अस्पताल इनरुवामा र जिवछको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रनाउ खतिवडाले बताए ।
दुर्घटनामा २८ जना घाइते भएका थिए । घाइतेमध्ये पाँच जनाको मृत्यु भएको, २३ जनाको उपचार भइरहेको र तीन जनाको अवस्था सामान्य रहेकाले घर गइसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बीस जना घाइतेको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा र विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारी र बस प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वर्षा भइरहेको र सवारी तीव्र गतिमा रहेका कारणले दुर्घटना भएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण