रामेछापमा नुहाउने क्रममा डुबेर पुरुष बेपत्ता
मङ्गलबार, २७ साउन २०८२, १३ : १९
सारांश
- रामेछापको मन्थलीमा नुहाउने क्रममा एक जना बेपत्ता भएका छन्।
- ७५ वर्षीय श्रीवंश शर्मा कँडेल मंगलबार तामाकोशी नदीमा डुबेका थिए।
- प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरिरहेको छ।
काठमाडौँ । रामेछापको मन्थली नगरपालिका–७ मुगिटारस्थित तामाकोशी नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । मुगिटार घर भएका ७५ वर्षीय श्रीवंश शर्मा कँडेल मंगलबार बिहान नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
आफ्नो घर नजिक ढिकुरे मन्दिर छेउको नदी किनारमा उनी नुहाउन गएका थिए । उनको खोजीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको आश्रीत गुल्मबाट इन्स्पेक्टर विक्रम अधिकारीको नेतृत्वमा गोताखोर सहितको टिम परिचालन गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण