शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पारिवारिक खेतीलाई नाफामूलक बनाउन आवश्यक : कृषिमन्त्री

मङ्गलबार, २७ साउन २०८२, १४ : २९
मङ्गलबार, २७ साउन २०८२

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई  जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक, र दिगो पेसा बनाउन पर्ने आवश्यक रहेको बताएका छन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि तथा खाद्य सङ्गठन एफएओ नेपाल लगायतले  संयुक्त आयोजनामा गरेको  पारिवारिक खेती सम्बन्धी क्षेत्रीय कार्यशालामा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । 

करिब ६०% जनसङ्ख्या प्रत्यक्ष कृषि व्यवसायमा संलग्न रहेको र ०.६ हेक्टर प्रति कृषक परिवार औसत जोत जमिन भएको नेपाल जस्तो देशमा पारिवारिक खेती केवल आर्थिक गतिविधि मात्र नभई हाम्रो संस्कृति, परम्परा र खाद्य सुरक्षा सुनिश्चित गर्ने प्रमुख आधार समेत रहेको बताए ।

मन्त्री अधिकारीले साना किसानदेखि मध्यमस्तरका कृषक सम्म समावेश रहने पारिवारिक खेती विकसित र विकासोन्मुख देशमा कृषिको प्रमुख स्वरूप रहिआएको  भन्दै  ग्रामीण रूपान्तरणको प्रमुख घटक रहेको पारिवारिक खेती प्रणालीलाई जलवायु परिवर्तनले चुनौती थपिदिएको बताए ।

सिँचाइको  विस्तार, कोल्ड स्टोरेज पूर्वाधारको निर्माण, र मूल्य श्रृखंला विकासमा लक्षित लगानीलाई प्राथमिकतामा राखी सरकारले काम गरिरहेको दाबी गरेका छन् । 

कार्यशालामा  कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापा , राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डन, मन्त्रालयका सचिव  डा.गोविन्द प्रसाद शर्मा, एफएओका प्रतिनिधि केन सिमिजु,नेपाल कृषि सहकारी सङ्घका अध्यक्ष खेम पाठक लगायतले सम्बोधन  गरेका छन् । 

३ दिन सम्म चल्ने कार्यशालामा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय स्तरका कृषि क्षेत्रका नेतृत्व, नीति निर्माता, विज्ञ तथा विकास साझेदार संस्थाहरूको उपस्थिति रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप