माओवादी केन्द्रले मुख्यमन्त्री बानियाँलाई विश्वासकाे मत नदिने
मकवानपुर । बागमती प्रदेशसभाका प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा रहेको बताएका छन् ।
हालको विद्यामान राजनीतिक अवस्थामा मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिने अवस्थामा नरहेको उनले बताए ।प्रदेशसभाको मंगलबार बसेको बैठकमा बोल्दै नेता जम्कट्टेलले गठबन्धनको सरकार संविधान मिच्ने प्रक्रिया माथि हस्तक्षेप भएको बताए ।
मुख्यमन्त्रीले नियुक्त गरेको मन्त्रीहरूको शपथ नगराएर प्रदेश प्रमुखले सिस्टम मिच्ने काम गरेको बताए । उक्त कार्यमा प्रदेश प्रमुखको स्वास्थ्यको स्थिति मात्र नभएर राजनीतिक विषय हुन सक्ने उनले बताए ।
गठबन्धनको सरकार व्यवस्था विपरीत भएर सिस्टम माथि हस्तक्षेप गरिरहेको बताए । उनले वर्तमान सरकार संविधानको मर्म र भावना अनुसार रहेको छ त ? भन्दै प्रश्न समेत गरे ।
उनका अनुसार जनयुद्धको जगमा जनआन्दोलन भएको हो । एउटा पार्टीले नियमित सेना बनाएर आम नागरिकको हकहितका लागि जनयुद्ध सुरु गरेर वर्तमान व्यवस्था ल्याउन सफल भएको हो । वर्तमान सरकारको गतिविधि प्रदेशको भावना र विचार भन्दा बेग्लै रहेको उनको भनाई छ । सो अवस्थामा मुख्यमन्त्रीलाई काम गर्न निकै चुनौतीपूर्ण रहेको उनले बताए । सरकारका मन्त्री संविधान र कार्यक्षेत्र नहेरी दौडिएको उनले बताए ।
‘सरकार मानोपोली ढङ्गबाट चलाउन होइन । सरकारलाई दिशा निर्देश गर्ने संविधान ऐन कानुन कार्यान्वयन गरेर नयाँ ढङ्गको काम गर्नुपर्ने हुन्छ ।’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण