एमालेले बागमतीका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिने
मकवानपुर । बागमती प्रदेशको सत्ता साझेदार दल नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने बताएका छन् ।
उनले मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न आग्रह समेत गरे । प्रदेशसभाको मंगलबार बसेको बैठकमा वर्तमान सरकारले जनताको अपेक्षा र जनचाहना अनुरूप कार्य गर्ने विश्वास व्यक्त गरे ।
आम जनताको चाहाना, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, प्रदेशको विकास निर्माण अभियानलाई तीव्रता दिन उनले विश्वास व्यक्त गरे ।राजनैतिक स्थिरताको लागि सहमतिको आधारमा प्रदेश सरकार निर्माण गर्ने उद्देश्य संविधानको रक्षाका लागि वर्तमान समीकरणमा निर्माण भएको उनको भनाई छ ।
सरकारले बाढी–पहिरोको विपद्पछि सीमित स्रोत साधनमा पनि सरकारको उपस्थिति देखिएको उनले दाबी गरे ।
पुनर्निर्माण र राहतमा सरकारले प्रतिबद्ध भएर कार्य गरेको उनले बताए । सरकारले प्रदेशको प्रशासनिक केन्द्र निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको र भाषा ऐन कार्यान्वयनमा प्रदेश सरकार अघि बढेको उनले बताए ।
सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि दीर्घकालीन सोचसहितको प्रदेशको दोस्रो आवधिक योजना कार्यान्वयन, प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीलाई कार्यान्वयनमा ल्याउन सरकारको प्रमुख उपलब्धिको रूपमा रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण