बागमती प्रदेशसभा
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राप्रपाले विश्वासको मत नदिने
मङ्गलबार, २७ साउन २०८२, १८ : २५
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राप्रपाले विश्वासको मत नदिने भएको छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नसकिने बताएका हुन् ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले राप्रपाले कुनै पनि दलको आन्तरिक विवादमा हस्तक्षेप नगर्ने दाबी गरे । सरकार हाल स्पष्ट बहुमतमा रहेकाले राप्रपाले उक्त विषयमा चासो दिने अवस्था नरहेको उनले बताए । राप्रपा सरकारको प्रतिपक्षमा रहेकाले मुख्यमन्त्री बानियाँको विश्वासको मतको विपक्षमा मतदान गर्ने उनले बताए ।
सरकारमा रहेका दलहरूका कारण वर्तमान व्यवस्था नै धरमराइरहेको उनको भनाई छ । सरकारले नागरिकको विरोधलाई निषेध गर्ने काममा लागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण