अवैध कन्सल्टेन्सीबाट सचेत रहन वाणिज्य विभागको आग्रह
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीहरूलाई अवैध रूपमा सञ्चालित शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) बाट सचेत रहन आग्रह गरेको छ ।
मंगलबार विभागले अनुगमनका क्रममा केही संस्थाहरूले इजाजतपत्र नै नलिई काम गरिरहेको पाइएपछि सर्वसाधारणलाई सम्भावित ठगीबाट जोगाउन यस्तो सार्वजनिक सूचना जारी गरेको हो ।
विभागका अनुसार विभिन्न माध्यमबाट प्राप्त गुनासोका आधारमा गत असार १२ गतेदेखि शैक्षिक परामर्श सेवा तथा पूर्वतयारी कक्षा सञ्चालन गर्ने केही संस्थाहरूमाथि अनुगमन गरिएको थियो । सोही अनुगमनका क्रममा केही संस्थाहरूले सरकारबाट इजाजत नलिई गैरकानुनी रूपमा सेवा सञ्चालन गरिरहेको फेला परेको थियो ।
विभागले सूचनामा भनेको छ,'इजाजत नलिई सञ्चालन भएका संस्थाहरूबाट उच्च शिक्षा प्राप्त गर्न विदेश जानका लागि कुनै पनि कार्य नगर्नु/नगराउन हुन सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'
यस्ता गैरकानुनी संस्थाहरूबाट सेवा लिँदा विद्यार्थीहरू जुनसुकै बेला ठगीमा पर्न सक्ने जोखिम रहेको भन्दै विभागले सबैलाई सचेत गराएको हो ।
विदेश अध्ययनको सपना बोकेका विद्यार्थीहरूले कुनै पनि कन्सल्टेन्सीको सेवा लिनुअघि उक्त संस्थाले सम्बन्धित सरकारी निकायबाट इजाजत लिए/नलिएको यकिन गर्न पनि विभागले अप्रत्यक्ष रूपमा सुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण