रुपन्देही– ३ को उपनिर्वाचनका लागि रास्वपाले गरायो दल दर्ता
मङ्गलबार, २७ साउन २०८२, १९ : ४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार आगामी २०८२ साल कार्तिक १७ गते हुने उपनिर्वाचनमा पार्टीले भाग लिन निर्वाचन आयोगलाई पत्र पठाएका थिए ।
नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ताका लागि निवेदन पेस गरिएको पार्टीले जनाएको छ ।
निर्वाचन आयोगले गत साउन १६ गते गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरी उपनिर्वाचनका लागि दल दर्ता गराउन आवश्यक कागजातसहित निवेदन दिन भनेको थियो ।
निर्वाचन आयोगले रास्वपाको उक्त निवेदन साउन २७ गते दर्ता गरेको छ । आयोगमा दर्ता भएको निवेदनको दर्ता नम्बर ३०४ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण