राजेन्द्र लिङ्देनले भेटे रवि लामिछानेलाई
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरे।
- भेटमा स्वास्थ्य, राजनीति, संसद र उपनिर्वाचनबारे कुराकानी भयो।
- लिङ्देनले लामिछानेलाई भैरहवा कारागारमा राख्दा असहज भएको बताए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरण अभियोगमा पूर्पक्षका लागि रुपन्देहीको भैरहवा कारागार रहेका लामिछानेसँग मंगलबार लिङ्देनले भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा स्वास्थ्य अवस्थाका साथै राष्ट्रिय राजनीति, संसद्को गतिविधि, रुपन्देहीमा हुने उपनिर्वाचन लगायत विविध पक्षमा कुराकानी भएको अध्यक्ष लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए ।
उनले लेखेका छन्,'देशको एउटा महत्त्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको छ। भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त छ।'
लिङ्देनले यस विषयमा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण समेत गराएका छन् । लामिछानेलाई तत्काल काठमाडौँ सार्न उपयुक्त हुने लिङ्देनले बताए । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेसँग लिङ्देनको यो दोस्रो भेटवार्ता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण