बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार
बुधबार, २८ साउन २०८२, ०७ : ५६
सारांश
- शिवनाथ गाउँपालिकाको वडा २ शर्माली र ३ सौगडामा बिजुली सेवा विस्तार गरिएको छ।
- अध्यक्ष कर्णसिंह साउदका अनुसार शर्मालीका ५८ घरमा बिजुली पुगेको छ।
- विद्युतीकरणका बाँकी काम चाँडै सुरु गरिने बताइएको छ, जसले गर्दा अन्न कुट्ने मिल सञ्चालनमा सहयोग पुगेको छ।
बैतडी । जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रस्थित शिवनाथ गाउँपालिकामा विद्युत् सेवा विस्तार भएको छ । गाउँपालिकाकाको वडा नं २ शर्माली र वडा नम्बर ३ सौगडामा विद्युत् सेवा विस्तार भएको हो ।
शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार भारतसँग सिमाना जोडिएको शिवनाथ–२ शर्मालीका ५८ घरमा बिजुली पुगेको छ । वडा नम्बर ३ को सौगडामा पनि धमाधम विद्युतीकरण भइरहेको छ । बिजुली विस्तार गर्न बाँकी रहेका ४ र १ नम्बर चाँडै काम थालिने उनले बताए । शिवनाथका वडा नम्बर ५ र ६ मा यसअघि नै बिजुली बलिसकेको छ । गाउँमा बिजुली बलेसँगै अन्न कुट्नेपिस्ने मिल सञ्चालन भएका छन् ।
शिवनाथ क्षेत्रमा ११ केभी लाइन विस्तार गरेर बिजुली बालिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण