बुल्गेरियाकी निकोलाएभाले काठमाडौँ स्पाइकर्सबाट खेल्ने
सारांश
- काठमाडौँ स्पाइकर्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि बुल्गेरियन खेलाडी निकोलाएभा नेकोभालाई अनुबन्ध गरेको छ।
- नेकोभा सेटर हुन् र उनले बुल्गेरिया, फ्रान्स र अजरबैजानका क्लबबाट खेलेकी छिन्।
- काठमाडौँ स्पाइकर्सले दोस्रो सिजनमा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
काठमाडौँ । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) का लागि काठमाडौँ स्पाइकर्सले बुल्गेरियन भलिबल खेलाडी निकोलाएभा नेकोभाले अनुबन्ध गरेको छ ।
काठमाडौँ स्पाइकर्सले पहिलो विदेशी खेलाडीको रूपमा नेकोभाको नाम घोषणा गरेको हो । २७ वर्षीय नेकोभा सेटर पोजिसनमा खेल्छिन् ।
नेकोभाले बुल्गेरिया, फ्रान्स, अजरबैजानको क्लबबाट खेलेको अनुभव छ । नेकोभाको आगमनले काठमाडौँ स्पाइकर्सको टिम अझ सन्तुलित र मजबुत हुने टिमको विश्वास छ । पहिलो सिजनमा पनि बुल्गेरियाकै सेटर आन्द्रे स्भेतानोभाले काठमाडौँबाट खेलेकी थिइन् ।
पहिलो संस्करणको लिगमा तेस्रो भएको काठमाडौँ स्पाइकर्सले दोस्रो सिजन अझ बलियो भएर आउने र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
एभरेस्ट महिला भलिबल लिगका लागि तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अन्य दुई विदेशी खेलाडी पनि छिटै घोषणा गर्ने बताइएको छ ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौँ स्पाइकर्समा मनीषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । यस्तै मुख्य प्रशिक्षक लोक बहादुर बुढा छन् ।
वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो सिजन आगामी भदौ २० देखि २८ गतेसम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण