चक्रे मिलन समूहका १९ जनाको आज थनुछेक बहस
सारांश
- काठमाडौंमा चक्रे मिलन समूहका १९ जना विरुद्धको थुनछेक बहस बुधबार हुँदैछ।
- सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो।
- अभद्र व्यवहारको कसूरमा १ वर्ष कैद र १० हजार जरिवानाको माग गरिएको छ।
काठमाडौँ । चक्रे मिलन (मिलन गुरुङ) समूहका १९ जनाको मुद्दामा बुधवार थुनछेक बहस हुँदै छ । काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुन लागेको हो ।
सरकारी वकिल कार्यालय काठमाडौँले मंगलबार उनीहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अभियोग पत्र दायर गरेको थियो । साउन १५ मा राजधानीको साम्बाला होटलबाट पक्राउ परेका १९ जनालाई प्रतिवादी बनाइएको छ ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा १ वर्ष कैद र १० हजार जरिवाना सजाय गर्न मागदावी लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता रामहरि काफ्लेले रातोपाटीलाई बताए । पटके कसुदारको हकमा थप सजाय मागदावी गरिएको छ ।
सरकारी वकिलले चक्रे, गणेश बहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई प्रतिवादी कायम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण