मैत्रीपूर्ण खेल
बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा
बुधबार, २८ साउन २०८२, १० : ५३
सारांश
- एन्फाले बंगलादेशसँग मैत्रीपूर्ण खेलका लागि ३० सदस्यीय नेपाली टोलीको घोषणा गर्यो।
- नेपालले बंगलादेशसँग भदौ २१ र २४ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछ।
- टोलीमा अभिषेक लिम्बु, किरण चेम्जोङ, र अञ्जन विष्ट जस्ता खेलाडीहरू छन्।
काठमाडौँ । बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बुधबार ३० सदस्सीय टोलीको घोषणा गरेको हो ।
नेपालले बंगलादेशसँग भदौ २१ र २४ गते दशरथ रङ्गशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
प्रारम्भिक टोलीमा अभिषेक लिम्बु, आदित्य शाक्य, अमृत श्रेष्ठ, अमित लामा, अनन्त तामाङ, अञ्जल श्रेष्ठ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास र विशाल सुनार, दीप कार्की, दिनेश हेञ्जन, दीपेन्द्र विक र जिलेस्पी कार्की रहेका छन् ।
त्यस्तै किरण चेम्जोङ, कुलदीप कार्की, कुशल देउवा, लकेन लिम्बु, मणि लामा, मनिष डाँगी, रणदिप पौड्याल, रोहित चन्द, रोहन कार्की, समीर तामाङ, समित श्रेष्ठ, सुवास बम, सृजनराज गौतम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा र योगेश गुरुङ पनि प्रारम्भिक टोलीमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण