मस्कको ग्रोक एआईले ट्रम्पलाई वासिङ्टनको सबैभन्दा कुख्यात अपराधी भनेपछि...
सारांश
- अमेरिकी एआई च्याटबोट ग्रोकले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वासिङ्टन डीसीको 'सबैभन्दा कुख्यात अपराधी' भनेको छ।
- गैंगस्टरहरुको अपराधमा कमी आएको बताएपनि, ग्रोकले ट्रम्पलाई न्यूयोर्कमा ३४ गम्भीर अपराधमा दोषी ठहरिएको उल्लेख गरेको छ।
- यो टिप्पणी एलन मस्कको एआई च्याटबोट ग्रोकले मस्क र ट्रम्पबीचको पछिल्लो विवादपछि गरेको हो।
वासिङ्टन डीसी । अमेरिकी एआई च्याटबोट ग्रोक एआईले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वासिङ्टन डीसीको ‘सबैभन्दा कुख्यात अपराधी’ भनेको छ । राजनीति र प्रविधि जगतमा हलचल मच्चाउने यो बयान अरू कसैले होइन खर्बपति व्यापारी एलन मस्कको एआई च्याटबोट ग्रोकले दिएको हो ।
एक जना एक्स प्रयोगकर्ताले राजधानीको अपराध अवस्था र त्यहाँको सबैभन्दा कुख्यात अपराधीको बारेमा सोध्दा ग्रोकले यो टिप्पणी दिएको हो । ग्रोकले जवाफमा २०२५ मा वासिङ्टन डीसीमा हिंसात्मक अपराध २६ प्रतिशतले घटेको अनि यो ३० वर्षमा सबैभन्दा कम स्तर भएको बताएको थियो ।
न्यूयोर्कमा ३४ गम्भीर अपराधका घटनाहरूमा दोषी ठहरिएका कारण ट्रम्प राजधानीको सबैभन्दा कुख्यात अपराधी भएको पनि यसले बतायो । ट्रम्पले वासिङ्टनमा अपराधलाई नियन्त्रण बाहिर भएको भनेर बताएको र प्रहरीमाथि सङ्घीय नियन्त्रण र राष्ट्रिय गार्डको तैनाथीको योजनाहरू प्रकट गरेकै समयमा यो बयान आएको हो ।
ग्रोकको यो बयान मस्क र ट्रम्प बिचको हालैको टकराव पछि आएको हो । गएको जुनमा मस्कले ट्रम्पलाई एपस्टीन फाइलहरूमा नाम भएको आरोप लगाउँदै उनी विरुद्ध महाभियोग लगाउनुपर्ने कुरा गरेको थिए ।
पछि मस्कले आफ्ना केही भनाइहरूमा पछुतो महसुस गरेको बताए । दुई बिचको यो तनाव अब सार्वजनिक मञ्चहरूमा पनि देखिइरहेका छन् ।
ग्रोकको विवादास्पद इतिहास
ग्रोक पहिले पनि विवादमा परेको छ । गत महिना, यसले हिटलर र होलोकास्टको प्रशंसा गरेको थियो । त्यसपछि, एक्स र यसको माउ कम्पनी एक्सआईले स्पष्टीकरण दिनुपरेको थियो ।
कम्पनीले यसलाई कोडिङ त्रुटिको रूपमा वर्णन गरेको छ । हालै ग्रोकलाई एक्सबाट अस्थायी रूपमा निलम्बन गरिएको थियो । तर पछि यसलाई एपमा फर्काइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण