बाढी पहिरोका कारण मुख्य ८ सडक पूर्णरुपमा अवरुद्ध, १३९ स्थानमा एकतर्फी सञ्चालन
सारांश
- बाढीपहिरोका कारण देशका ८ वटा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
- स्याफ्रुबेसीं-रसुवागढी सडक चीनबाट आएको बाढीले गर्दा दुई सातादेखि अवरुद्ध छ।
- कोशी करिडोर र अन्य स्थानमा बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध छ।
काठमाडौँ । बाढी पहिरोका कारण देशका मुख्य ८ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै १३९ स्थानमा सडक एकतर्फी चालू रहेको सडक विभागले जनाएको छ ।
विभागका अनुसार स्याफ्रुबेसीं रसुवागढी सडक चीनतर्फबाट आएको बाढीले क्षति पुग्दा दुई सातादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । यसअघि गत असार २४ गते भोटेकोसीमा आएको बाढीले सो सडकमा क्षति गरेको थियो ।
बाढीले क्षति गरेको १३ दिनमा सडक सञ्चालनमा आए पनि रसुवागढी नाका हुँदै चीनसँगको कनेक्सन जोडिन सकेको छैन । यस्तै कोसी करिडोर अन्तर्गत संखुवासभाको बरुण नदीमा असार २९ गते आएको बाढीले डाइभर्सन बगाउँदा एक महिनादेखि सडक पूर्ण रूपमा अवरुद्ध छ ।
नदीको बहाब घटेपछि मात्रै डाइभर्सन बनाइने जनाइएको छ । उक्त स्थानमा पुल निर्माण भइरहेको छ । तमोर करिडोरमा पर्ने ताप्लेजुङको फक्ताङलुङ–५ र ६ जोड्ने रानीपुल बेलीब्रिजमा बाढीले क्षति गर्दा चतरा–मुलघाट अमरापुरडाँडा–गणेश चोक सडक पूर्ण रूपमा अवरुद्ध छ ।
त्यस्तै सिन्धुपाल्चोकको कोदारीमा साउन १८ गते गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । भेरी करिडोरअन्तर्गत पश्चिम रुकुमको चौखा रिजगाड, उसुम खोला र छलगाडमा लेदोसहित आएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध छ ।
साथै पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत खोटाङको पंखु खोलामा आएको बाढीले क्षति गर्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । यस्तै बागलुङको तानसेन रिडी कोरला सडक अन्तर्गत कालीखोलामा ठुला चट्टानसहित आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । त्यहाँ पहिरो पन्छाउने कार्य भइरहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण