अपडेट
विराटनगरको बालसुधार गृहमा झडप, एक प्रहरी हवलदार घाइते
बुधबार, २८ साउन २०८२, १३ : ४७
सारांश
- विराटनगरको बालसुधार गृहमा बालबिज्याइँकर्ता र प्रहरीबीच झडप हुँदा एक प्रहरी घाइते भए।
- सुधार गृहबाट बालबिज्याइँकर्ता भाग्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ।
- क्षमताभन्दा बढी बालबालिका रहेको सुधार गृहमा घटना नियन्त्रणमा लिइएको छ।
विराटनगर । मोरङको विराटनगर–३ मा रहेको बालसुधार गृहमा प्रहरी र त्यहाँ राखिएका बालबिज्याइँकर्ताबिच झडप हुँदा १ जना वरिष्ठ प्रहरी हवलदार घाइते भएका छन् ।
घाइते हुनेमा हिरणकुमार मण्डल रहेका छन् । मोरङका प्रहरी प्रमुख नारायण चिमरियाका अनुसार अहिले झडप नियन्त्रणमा आइसकेको छ ।
बुधबार सुधार गृहबाट बालबिज्याइँकर्ता भाग्न खोजेपछि रोक्ने क्रममा झडप भएको चिमरियाले बताए ।
‘घटनालाई अहिले नियन्त्रणमा लिइएको छ’, एसपी चिमयरीले भने, ‘अहिले सुधार गृहमा रहेका बालकहरूलाई भित्र राख्ने काम भइरहेको छ ।’
५० जना मात्र क्षमता भएको उक्त बाल सुधार गृहमा हाल २ सयभन्दा बढी बालकहरू रहेका छन्। अदालतबाट कसुरमा दोषी ठहर भएका १८ वर्ष मुनिका बालबालिकालाई सुधारका लागि यस्ता गृहमा राख्ने गरिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण