शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ प्रहरीको १०० नम्बरमा वर्षभरिमा आए ४ लाख २८ हजार कल

बुधबार, २८ साउन २०८२, १५ : ०५
बुधबार, २८ साउन २०८२

काठमाडौँ । काठमाडौँ प्रहरीले आपत्कालीन हटलाइन नम्बर ‘१००’ मा गत आर्थिक वर्षमा ४ लाख २८ हजारभन्दा बढी कल आएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार दैनिक औसतमा ११ सयदेखि १२ सय कलहरू प्रहरीको कन्ट्रोल रुममा दर्ता हुने गरेको देखिएको हो । 

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले १०० नम्बरमा आएका कलहरू प्रहरीको कार्यसम्पादनको महत्त्वपूर्ण आधार बनेको बताए । 

‘यो हटलाइन नागरिक र प्रहरीबिचको प्रत्यक्ष पुल हो। हामीले यहाँबाट प्राप्त सूचनाको आधारमा तत्काल प्रतिकार्य गर्छौँ,’ एसएसपी अधिकारीले भने ।

प्रहरीको तथ्याङ्कअनुसार १०० नम्बरमा सबैभन्दा बढी कलहरू झगडा, विवाद, घरेलु हिंसा र कुटपिट जस्ता घटनाहरूसँग सम्बन्धित छन् । यसबाहेक, सवारी दुर्घटना, चोरी, मापसे गरी होहल्ला र आगलागी जस्ता विषयमा पनि ठुलो सङ्ख्यामा कलहरू आउने गरेका छन् ।

प्रहरीले हटलाइनमा आएका कलहरूको आधारमा तत्काल घटनास्थल पुग्ने व्यवस्था मिलाएको छ। प्रतिवेदनअनुसार ४२ प्रतिशत घटनामा प्रहरी ५ मिनेटभन्दा कम समयमा घटनास्थल पुगेको थियो भने २४ प्रतिशत घटनामा ५ देखि १० मिनेटभित्र पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप