काठमाडौँमा गत वर्ष भएका ५ प्रमुख प्रदर्शन: सहकारीपीडितदेखि राजावादीसम्म सडकमा
सारांश
- गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा विभिन्न विरोध प्रदर्शनहरू भए, जसले सुरक्षा व्यवस्थापनमा चुनौती थप्यो।
- चैत्र १५ गते तिनकुनेमा भएको झडपमा एक सञ्चारकर्मी र एक प्रदर्शनकारीको मृत्यु भयो, भने ५५ प्रहरी र ५४ प्रदर्शनकारी घाइते भए।
- पूर्वराजा ज्ञानेन्द्र शाहको र्याली र सहकारी पीडितको आन्दोलन पनि गत वर्षका प्रमुख घटना थिए।
काठमाडौँ । गत आर्थिक वर्षमा काठमाडौँ उपत्यका विभिन्न ठुला तथा तनावपूर्ण प्रदर्शनहरू भए ।
सहकारीपीडितको आन्दोलनदेखि राजनीतिक दलहरू र पूर्वराजा समर्थकहरूको शक्ति प्रदर्शनले राजधानीको सडक ततायो । जसले गर्दा सुरक्षा व्यवस्थापनमा प्रहरीलाई ठुलो चुनौती थपियो।
जिल्ला प्रहरी परिसर, काठमाडौँले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यी प्रमुख प्रदर्शनहरू र त्यसको व्यवस्थापनबारे विस्तृत जानकारी दिइएको छ ।
जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार गत वर्ष भएका कुल १ हजार १८ वटा विरोध कार्यक्रममध्ये केही प्रदर्शनहरू निकै ठुला र संवेदनशील थिए।
१. तिनकुने घटना (चैत्र १५)
गत वर्षको सबैभन्दा हिंसात्मक र दुःखद घटनाका रूपमा चैत्र १५ गते तिनकुनेमा भएको प्रदर्शन रह्यो। समाजवादी मोर्चा र व्यवस्था विरोधी समूहले एकै स्थानमा समानान्तर कार्यक्रम आयोजना गर्दा स्थिति नियन्त्रणबाहिर गएको थियो। उक्त झडपमा एक सञ्चारकर्मी र एक प्रदर्शनकारीको मृत्यु भयो भने ५५ प्रहरी र ५४ प्रदर्शनकारी घाइते भए। प्रहरीले ७७ वटा सवारी साधन र ५६ वटा घरमा क्षति पुगेको जनाएको छ। घटनामा संलग्न १०८ जनालाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको थियो।
२. पूर्वराजा ज्ञानेन्द्र शाहको र्याली (फागुन २५)
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्कने क्रममा फागुन २५ गते विशाल र्याली आयोजना गरिएको थियो। करिब १० देखि १२ हजार समर्थक सहभागी भएको उक्त कार्यक्रमको सुरक्षा व्यवस्थापनका लागि मात्रै २९ सय प्रहरी परिचालन गरिएको थियो। यो कार्यक्रम शान्तिपूर्ण रहे पनि सहभागीको सङ्ख्या र संवेदनशीलताका कारण प्रहरीका लागि ठुलो सुरक्षा चुनौती बनेको थियो।
३. सहकारीपीडितको आन्दोलन (मङ्सिर ५)
सहकारी बचतकर्ता पीडितहरूले आयोजना गरेको प्रदर्शन पनि गत वर्षको एक प्रमुख घटना थियो। करिब एक हजार जना सहभागीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो। उक्त झडपमा ७ प्रहरी र ४ प्रदर्शनकारी घाइते भएका थिए।
४. नेपाल शिक्षक महासङ्घको प्रदर्शन:
नेपाल शिक्षक महासङ्घले आफ्नो माग पूरा गराउन आयोजना गरेको आन्दोलन तेस्रो चरणमा पुग्दा निकै उग्र बनेको थियो। हजारौँ शिक्षक सडकमा उत्रिँदा र उनीहरूले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच पटक–पटक झडप भएको थियो।
५. स्वर्गद्वारी गुठीपीडितको अनसन:
स्वर्गद्वारी गुठीपीडित मोही किसानहरूले ५१ दिन लामो धर्ना तथा अनसन गरेका थिए। लामो समयसम्म चलेको यो आन्दोलनका क्रममा पनि प्रहरीले हस्तक्षेप गरी ११ जनालाई पक्राउ गरेको थियो ।
यसबाहेक समाजवादी मोर्चाको प्रदर्शन, राजावादी र राप्रपाको प्रदर्शन, गणतन्त्र दिवसमा दुईधारको प्रदर्शन पनि गत वर्ष नै भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण