भारतीय स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा वीरगन्जमा ‘कथाकली’ नृत्य
सारांश
- वीरगन्जमा भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भारतीय कला संस्कृति झल्किने 'कथाकली' नृत्य प्रस्तुत गरियो।
- कार्यक्रममा मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जयसवाल र वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नेपाल-भारत सम्बन्धबारे चर्चा गरे।
- भारतको महावाणिज्य दूतावासका अनुसार दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाइने छ।
वीरगन्ज । भारतको ७९औँ स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा वीरगन्जमा बुधबार भारतीय कला संस्कृति झल्किने ‘कथाकली’ नृत्य प्रस्तुत गरिएको छ । काठमाडौँस्थित भारतीय दूतावास र भारतको महावाणिज्य दूतावास वीरगन्जको आयोजनामा बुधबार बेलुका यहाँ नृत्य प्रस्तुत गरिएको हो ।
भारतको केरला राज्यमा निकै प्रख्यात मानिएको महाभारतको कथामा आधारित कथाकली नृत्यु केरलाबाट आएका नौ जना कलाकारले प्रस्तुत गरेका थिए ।
यहाँ उपस्थित मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्धबारे चर्चा गरेका थिए । “नेपाल र भारतबिच सदियौँदेखि सांस्कृतिक र भावनात्मक सम्बन्ध रहँदै आइरहेको छ”, उनले भने, “जस कारण दुवै मुलुकबिच सौहार्दपूर्ण सम्बन्ध रहँदै आइरहेको छ । यसलाई थप सुदृढ गर्दै आपसी सद्भाव र सामजञ्यता कायम गर्न आवश्यक छ ।”
वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नेपाल र भारतबिचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्ने बताए । भारतको महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मिणाले भारत र नेपालबिच सदियौँदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध कायम रहँदै आएको बताए । “भारतीय स्वतन्त्रता आन्दोलनमा पनि नेपालका तर्फबाट उल्लेखनीय भूमिका निर्वाह गरिएको छ”, उनले विगत स्मरण गर्दै भने, “दुवै मुलुकबिच भाइचारा र सांस्कृतिक आदानप्रदान हुँदै आइरहेको छ । यो निकै प्रशंसनीय कार्य हो । यस सम्बन्धलाई अझै प्रगाढ बनाउन भारत प्रतिबद्ध छ ।”
कार्यक्रम इन्डियन काउन्सिल फर कल्चरल रिलेसनको संयोजनमा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण