पारदर्शिता बढाउन सचिवहरूलाई मुख्यमन्त्री बानियाँको निर्देशन
सारांश
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय र सरकारी खर्च कटौती गर्न निर्देशन दिएका छन्।
- उनले आर्थिक सुशासन कायम गर्न, कामको गुणस्तर सुधार गर्न र कर्मचारीको कार्यक्षमता वृद्धिमा जोड दिए।
- मुख्यमन्त्रीले सरकारी योजना समयमै सम्पन्न गर्न, स्रोतको दुरुपयोग रोक्न र छिटो नतिजा दिन निर्देशन दिए।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय र सरकारी निकायको सार्वजनिक खर्च कटौती गर्न निर्देशन दिएका छन् । उनले मन्त्रालय र निकायमा हुने अनावश्यक खर्च नियन्त्रण गरेर आर्थिक सुशासन कायम गर्न उनले निर्देशन दिएका हुन् ।
प्रदेशका मन्त्रालयका सचिवहरूको बुधबार सम्पन्न बैठकमा मुख्यमन्त्री बानियाँले मन्त्रालय सञ्चालनमा दक्षता, पारदर्शिता र समयमै सेवा वितरणलाई मुख्य एजेन्डा बनाइएर काम गर्नुपर्ने बताए ।
बैठकले कामको गुणस्तर सुधारका लागि कसैले काम नगरी तलब खाने प्रथा अन्त्य गर्ने र कर्मचारीको कार्यक्षमता वृद्धिमा जोड दिन आग्रह गरे । सरकारका महत्त्वपूर्ण योजनाहरू समयमै सम्पन्न गर्ने, कार्यव्यवस्था र जिम्मेवारीमा ढिलाइ नगर्ने, र एकताबद्ध रूपमा कार्य सम्पादन गर्न उनले निर्देशन दिए ।
बैठक तथा संरचना सम्बन्धी प्रस्तावहरू समयमै तयार गर्ने, सरकारी साधन स्रोतको दुरुपयोगमा नियन्त्रण गर्ने, चाँडो नतिजा दिने र समयमै न्याय दिलाउने कार्यलाई प्राथमिकतामा राख्न उनको निर्देशन छ । 'नीति–निर्णय–कार्यान्वयन' लाई तीन स्तम्भ मानेर नीति स्पष्ट, निर्देशन छिटो र सेवा समयमै उपलब्ध गराउने प्रणालीलाई मजबुत बनाउने पर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण